शुक्रबार, जेठ २५ गते २०८२

प्रेमी रकीसँग विवाहबन्धनमा बाँधिइन् अभिनेत्री हिना खान

प्रेमी रकीसँग विवाहबन्धनमा बाँधिइन् अभिनेत्री हिना खान

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८२
  • प्रेमी रकीसँग विवाहबन्धनमा बाँधिइन् अभिनेत्री हिना खान

    बलिवुड तथा भारतीय टिभी अभिनेत्री हिना खान आफ्नो लामो समयदेखिको प्रेमी रकी जयसवालसँग विवाह बन्धनमा बाँधिएकी छिन्।हिनाले विवाहको तस्बिरहरू सेयर गर्दै परिवार र नजिकका साथीहरूबीच विशेष विवाह ऐन अन्तर्गत घरमै आफ्नो विवाह दर्ता गरेको जानकारी दिएकी छन् ।

    images

    हिना र रकी पहिलो पटक टिभी सिरिज  'ये रिश्ता क्या कहलाता है' को सेटमा भेटेका थिए । दुवै असल साथी बने र त्यसपछि त्यो मित्रता प्रेममा परिणत भयो । दुवै लामो समयदेखि एकअर्कासँग छन्। रकी एक प्रसिद्ध व्यवसायी र टिभी निर्माता हुन् ।

    hina-1749189682.jpg

    जुन २०२४ मा हिनालाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो । उनलाई स्टेज ३ स्तन क्यान्सर भएको थियो, जसको लागि उनले धेरै राउन्ड केमोथेरापी गरिसकेकी छिन् र अहिले पनि उपचारको क्रममै रहेकी छन् । रकीले हिनालाई उनको कठिन समयमा पनि दृढतापूर्वक साथ दिइरहेका छन् । 

    hina-1-1749189697.jpghina-2-1749189697.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ