शुक्रबार, जेठ २५ गते २०८२

जेजे गर्ने हो गरौँ, नागरिकता विधेयक चाँडो पास गरौँ : गृहमन्त्री

जेजे गर्ने हो गरौँ, नागरिकता विधेयक चाँडो पास गरौँ : गृहमन्त्री

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८२
  • जेजे गर्ने हो गरौँ, नागरिकता विधेयक चाँडो पास गरौँ : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीसम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारकमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन गर्न छुट्टै विधेयक आवश्यक हुने बताए ।

    images

    गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनानुसार राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको नागिरकता दिइने उनको भनाइ छ । उनले विभिन्न मन्त्रालयमा राय, परामर्शका लागि पनि विधेकय गइसकेको र सरकारले चाँडै मन्त्रिपरिषद्को सहमतिका साथ सदनमा लैजाने बताए ।

    उनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक छिटो टुंग्याउन पनि आग्रह गरे । नागरिकता विधेयक टुंगिएसँगै विभिन्न पीडामा रहेका नागरिकको समस्या समाधान हुने उनको भनाइ छ ।

    "सबै खालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ? अरू सबै नागरिकता जिल्लाले दिने, त्यो चाहिँ मन्त्रालयले दिने भन्ने हुँदैन, यसलाई जिल्लामा पठाउनुपर्छ," उनले भने ।

    उनले अगाडि थपे, "यसका लागि नियमावली संशोधन गर्ने कुरामा पनि हामी अघि बढेका छौँ । काठमाडौंमा मन्त्रालयमा भएका फाइल पनि सबै जिल्ला पठाउने हो । यो विधेयकलाई चाँडो पास गरौँ । जेजे गर्ने हो गरौँ तर चाँडो पास गरौँ ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ