शुक्रबार, जेठ २५ गते २०८२

माधव नेपालको आरोप : ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागे

माधव नेपालको आरोप : ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागे

अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि नेपालले ओलीको बदला लिने प्रयास भएको आरोप लगाए। उनले ओली बदलाको भावनाबाट चल्ने मान्छे भएको बताए।

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८२
  • माधव नेपालको आरोप : ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागे

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका छन् । अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि रौतहटका सञ्चारकर्मीहरूले सोधेको प्रश्नको प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । ‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो,’ उनले भने, ‘पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

    images

    पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि यस्तो प्रतिक्रिया आएको हो । अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । 

    ‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन’, अध्यक्ष नेपालले भने, ‘मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो । पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चलिरहनुभएको छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ