बुधबार, जेठ २३ गते २०८२

मेलिना र सञ्जिवको ‘ख्याल ख्यालैमा हरायौँ’ सार्वजनिक

मेलिना र सञ्जिवको ‘ख्याल ख्यालैमा हरायौँ’ सार्वजनिक

अखबार दैनिक
सोमबार, जेठ २१ २०८२
  • मेलिना र सञ्जिवको ‘ख्याल ख्यालैमा हरायौँ’ सार्वजनिक

    काठमाडौँ । सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौँ’ सार्वजनिक गरिएको छ ।

    images

    खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज गीतमा छ । गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको  छायांकन रहेको भिडियोमा लक्ष्मण चौहानको सम्पादन छ । 

    भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त भएको छ । गीतको भिडियो गायक पौडेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ