बिहीबार , असोज ३ गते २०८१

सिन्धुपाल्चोकको फुल्पिङकट्टीको माथिल्लो भेगमा पहिरोले दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन्

सिन्धुपाल्चोकको फुल्पिङकट्टीको माथिल्लो भेगमा पहिरोले दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन्

अखबार दैनिक
बिहीबार , साउन १ २०७७
  • सिन्धुपाल्चोकको फुल्पिङकट्टीको माथिल्लो भेगमा पहिरोले दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन्

    १ साउन, काठमाण्डौं । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन्।

    images

    राति १:३० बजे वर्षासँगै झरेको पहिरोमा घर परेको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिएकी छन्।

    पहिरोमा परी दुई घरका पाँच जना वेपत्ता भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए। 

    प्रहरी घटनास्थलमा अझै पुग्नसकेको छैन।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ