मंगलबार, जेठ २२ गते २०८२

भिजिट भिसा प्रकरण मानव तस्करी हो, गम्भीर भएर छानबिन हुनुपर्छ'

भिजिट भिसा प्रकरण मानव तस्करी हो, गम्भीर भएर छानबिन हुनुपर्छ'

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८२
  • भिजिट भिसा प्रकरण मानव तस्करी हो, गम्भीर भएर छानबिन हुनुपर्छ'

    काठमाडौँ । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानव तस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानव तस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए । 

    images

    अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यको निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषयमात्रै हुन नसक्ने उनले बताए । 

    सांसद पराजुलीले भिजिट भिसामार्फत मानव तस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउनका लागि रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए । 

    गृहमन्त्री लेखकलाई दोषीसँग जोडेर हेर्ने शङ्काको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनले बताए । 

    पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेर सत्य तथ्य छानबिन गर्ने र दोषीलाई कडा कारवाही हुनुपर्ने धारणा राखे । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ