बिहीबार , असोज ३ गते २०८१

लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

अखबार दैनिक
बुधबार, असार ३१ २०७७
  • लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

    ३१ असार, काठमाडौं । सरकारले लकडाउनको अवधिमा खरिद सम्झौता भएका र सोही अवधिमा निर्धारित निर्माणको म्याद समाप्त भएका आयोजनाहरु बढीमा ६ महिनासम्म थप समय दिने निर्णय गरेको छ ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय भएको जानकारी प्राप्त भएको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ ।

    महासंघमा अनुसार सरकारलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक र परामर्शदाताको सिफारिसका आधारमा खरिद सम्झौता गर्ने अधिकारीले म्याद थपको निर्णय गर्न सक्नेछन् ।

    लकडाउनका कारण समयमै काम सम्पन्न गर्न नसकेका निर्माण व्यवसायीलाई थप समय उपलब्ध गराउने निर्णय भएको हो । यो निर्णय भएसँगै लकडाउनका कारण अन्तिम समयमा काम हुन नसकेर अलपत्र भएका आयोजनाका ठेकेदारले राहत पाएका छन् ।

    उनीहरुले लकडाउन लगत्तै काबुबाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएको भन्दै म्याद थप गर्न आफ्ना आयोजनाहरुका निवेदन दिएका थिए ।

    सरकारले चैत ११मा लकडाउन गरेपनि ठूला अआयोजनालाई त्यसको एक हप्तापछि नै सतर्कता अपनाएर काम गर्न बाटो खोलिदिएको थियो ।

    तर, कामदार र निर्माण समाग्री अभाव तथा संक्रमणको जोखिमसहित व्यवस्थापनको समस्या लगायतकाको कारण देखाउँदै धेरै आयोजनामा माम ठप्प थियो ।

    F09D9A2C-E0BD-4742-9833-574657B7F879.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ