बिहीबार , असोज ३ गते २०८१

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेता पक्राउ

अखबार दैनिक
बुधबार, असार ३१ २०७७
  • नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेता पक्राउ

    ३१ असार, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् ।

    images

    विप्लव समूह स्रोतले पुन पक्राउको पुष्टि गरेको छ ।  कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको भनेका छन् । उनले अनलाइनखबरसँग भने, ‘जिल्लातर्फ ल्याउँदैछौं ।’

    समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ