बिहीबार , जेठ ३ गते २०८२

मदिरा सेवन गरी शिक्षकले नगर सदस्यमाथि गरे हातपात

मदिरा सेवन गरी शिक्षकले नगर सदस्यमाथि गरे हातपात

अखबार दैनिक
बिहीबार , जेठ ३ २०८२
  • मदिरा सेवन गरी शिक्षकले नगर सदस्यमाथि गरे हातपात

    रास्कोट नगरपालिकामा शिक्षकले वडाकी महिला जनप्रतिनिधि कुटपिट गरेका छन् । रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र सिम्खाडाले बुधबार दिउँसो मदिरा सेवन गरी वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि कुटपिट गरेका हुन् ।

    images

    स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ ।

    उनी हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ। वडा नं‍ ३ का वडाध्यक्ष राजेन्द्र योगीले भने, ‘यो केवल दुई व्यक्तिको विवाद होइन, शिक्षकजस्तो सम्मानित पेसाको नैतिकता र सार्वजनिक क्षेत्रको मर्यादा खल्बल्याउने खालको घटना हो ।’ महिला जनप्रतिनिधि माथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ