काठमाडाैं । सुमन थापाले तयार पारेको नेपाली र अंग्रेजी गीतहरूको सङ्ग्रह ‘जुनकिरी’ सार्वजनिक गरिएको छ । इटर्नल साउण्ड्सद्वारा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबिच ‘जुनकिरी’ सार्वजनिक गरिएको हो । इटर्नल साउण्ड्सले गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना गरिएको हो। यसका १.२० लाखभन्दा बढी सब्सक्राइबरहरू छन् जसले विभिन्न प्रकारका संगीतको आनन्द लिन्छन्।
उत्कृष्ट प्रतिभा सधैँ जीवित रहने र धेरैले समयअनुसार रुचिको संगीत सिर्जना गर्नमा ध्यान केन्द्रित गर्ने जनाएको छ । इटर्नल साउण्ड्स स्थायी संगीत सिर्जना गर्न केन्द्रित हुनेछ।
यो परियोजनाले नेपाली लोक बाजाहरू, जस्तै बाँसुरी र सारङ्गीको प्रयोगलाई पश्चिमी शैलीको गीत लेखन र संगीतसँग मिश्रण गरेर प्रस्तुत गर्ने प्रयास गर्ने इटर्नल साउण्ड्सले उल्लेख गरेको छ । उक्त परियोजनामा विभिन्न संगीतकारहरूले गीतहरूको संगीत संयोजनमा सहयोग गरेका छन्। यी परियोजनाहरूले विश्व संगीत क्षेत्रमा समेत प्रभाव पार्ने लक्ष्य राख्ने बताइएको छ ।
इटर्नल साउण्ड्सका मुख्य साझेदारहरूमा वित्तीय बजार विज्ञ उत्सव परेख, उद्योगपत्रि मयंक जालान, राष्ट्रिय पुरस्कार विजेता र चलचित्र निर्माता गौरांग जालान र संगीत गुरु बिक्रम घोष रहेका छन् । यी चार साझेदारहरू सबै संगीतप्रेमी हुन् र भारतमा आकर्षक र स्थायी संगीतको पुनर्जागरण देख्ने चाहना राख्छन्।