बुधबार, वैशाख २६ गते २०८१

कला लम्सालको यस बर्षको तीजको कोसेली पातली २ बजारमा ( भिडिओ सहित )

कला लम्सालको यस बर्षको तीजको कोसेली पातली २ बजारमा ( भिडिओ सहित )

अखबार दैनिक
बिहीबार , असार २५ २०७७
  • कला लम्सालको यस बर्षको तीजको कोसेली पातली २  बजारमा ( भिडिओ सहित )

    २५ असार, काठमाण्डौं । गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातली को अत्याधिक सफलता पछी चर्चित गायीका कला लम्सालले यस बर्षको तीजको कोसेली पातली २ लिएर बजारमा आएकी छिन ।

    images

    समकालीन कलाकारहरु भन्दा फरक देखिन रुचाउने गायीका लम्सालले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष संदेश पस्कने गर्दछिन ।

    10D7F6B0-05DE-4F8E-9FA3-2BE6898CFD1C.jpeg

    गत बर्षको तीज गीत पातली युट्युबमा झन्डै ४० लाख दर्शकले हेरे भने तीजको समयमा प्रत्येक गाउँ,शहरका चोक र गल्लीहरुमा त्यहि गीत गुन्जिन सफल भयो ।

    चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीतले नेपाली सांगीतिक बजार तताएपछी यस बर्ष पनि त्यस्तै टिपिकल शव्दमा सजिएको गीत पातली २ लिएर गायीका लम्साल बजारमा आएकी हुन् । सुन्दर पर्यटकीय स्थल पोखराको लेकसाइडमा छायांकन गरिएको तीज गीत पातलीमा गायिका कला लम्साल र दिपासा बिसीको नृत्य रहेको छ।

    4191ADB1-F4EC-4027-8AB2-C33C988DD7BE.jpeg

    प्रकाश भट्टले निर्देशन गरेको पातली २ गायीका कला लम्सालको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको छ । गत वर्षको पातली सुपरहिट भएपछि यस बर्ष पनि त्यो भन्दा झनै टिपिकल शव्द,लय र आवाजमा आएको त्यस्तै सुन्दर पर्यटकीय स्थल पोखरामा निकै मिहिनेतका साथ छायांकन गरिएकाले पातली भन्दा अपार माया पातली २ ले पाउने गायीका लम्सालको अपेक्षा छ ।

    स्वाभाविक : ईन्द्रेनि अनलाईनबाट https://www.indrenionline.com 

    भिडियो लिंक ?

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार