बुधबार, भदौ ५ गते २०८२

यो शैलीबाट देश बन्दैन, अब नबिगार्दिए पुग्छः विराजभक्त श्रेष्ठ

यो शैलीबाट देश बन्दैन, अब नबिगार्दिए पुग्छः विराजभक्त श्रेष्ठ

अखबार दैनिक
बुधबार, वैशाख २५ २०८२
  • यो शैलीबाट देश बन्दैन, अब नबिगार्दिए पुग्छः विराजभक्त श्रेष्ठ

    रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति के हो कार्यक्रम के हो ? भन्ने नै छुट्टाउन नसक्ने खालको भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै पहिलाकै कपिपेस्ट गरेर ल्याएको भएकाले गुदी कुरा केही पनि नभएको बताए।

    उनले सरकारलाई भने, ‘यो देश पुरानो शैलीबाट बन्छ भन्ने आशा छैन। नबिगार्दिए पुग्छ भन्नेमा पुगिसकेको छु। युवाहरूले आफैँ बनाउँछन्, बाधक नबने उद्यमीहरूले आफैँ काम गर्न सक्छन्।’

    उनले नीति तथा कार्यक्रममा यथास्थितिको निरन्तरता भएको भन्दै सरकारलाई अर्थतन्त्रप्रति कुनै चिन्ता नै नभएजस्तो देखिएको बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ