बिहीबार , असोज ३ गते २०८१

दुईजना यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी

दुईजना यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी

अखबार दैनिक
बुधबार, असार २४ २०७७
  • दुईजना यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउन दिने तयारी

    २४ असार, काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ ।

    images

    मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।

    एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा छलफल गरेर निर्णय हुनेछ ।’

    यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने एक मन्त्रीले बताए ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्ने निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ