शुक्रबार, वैशाख २७ गते २०८२

संसद भवन तोकिएको समयमा नबनेको विषय उठ्यो संसदमा

संसद भवन तोकिएको समयमा नबनेको विषय उठ्यो संसदमा

अखबार दैनिक
मंगलबार, वैशाख २४ २०८२
  • संसद भवन तोकिएको समयमा नबनेको विषय उठ्यो संसदमा

    सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन तोकिएकै मितिमा नबनेको भन्दै प्रतिनिधि सभामा उठेको छ। नेकपा (एमाले) का सांसद ठाकुर गैरेले पटक-पटक म्याद थप गर्दा पनि संसद भवन किन बनेको भन्दै प्रश्न गरेका हुन्। उनले अब म्याद थप हुने हो भने कहिलेसम्म संसद् भवन बनिसक्छ भनेर सुनिश्चित गर्न पनि आग्रह गरे।

    images

    ‘हामी संसदमा छौं, यो नीति  तथा कार्यक्रमको बहस नयाँ संसद भवनमा हुनुपर्ने हो । गत वर्ष स्वयम् सभामुख देवराज घिमिरे त्यहाँ अनुगमन गर्नुभएको, राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन गर्नुभएको, समितिहरूले पटकपटक अनुगमन गरेको, अस्तिमात्रै समितिबाट अनुमगनमा जाँदा  चैत १८ गते अन्तिमपटक म्याद सकिएको रहेछ। अब फेरि म्याद थप्ने वा क्यान्सिल गर्ने, म्याद थप्दा कति समय थप्ने, अब म्याद थप्दा अब फेरि तोकिएको समयमा त्यो सम्पन्न हुन्छ कि हुँदैन?

    सिंहदरबार भित्रै बनिरहेको संसद् भवन पनि समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन, परियोजनाको विश्वासप्रति प्रश्न उठाउने बताए।

    ‘त्यसले देशभरि दिने सन्देश ज्यादै महत्त्वपूर्ण हुन्छ। त्यसकारण यो सत्तापक्ष, प्रतिपक्ष भन्दा पनि त्यो सिंगो संसदको ध्यानको विषय हो। सभामुख ध्यानको विषय हो। अब म्याद फेरि थपिने हो, त्यो कति दिन थप्ने, थपिएको म्यादभित्र काम सकिने कुराको सुनिश्चितता गर्ने, त्यो भएन भने त्यो अवस्थामा को जिम्मेवार हुने भन्ने सुनिश्चितता होस्,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ