बिहीबार , असोज ३ गते २०८१

देशैभरि मौसमको प्रभाव , सावधानी अपनाउन आग्रह

देशैभरि मौसमको प्रभाव , सावधानी अपनाउन आग्रह

अखबार दैनिक
सोमबार, असार २२ २०७७
  • देशैभरि मौसमको प्रभाव , सावधानी अपनाउन आग्रह

    २२ असार, काठमाडौं । हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर(पूर्वी भूभाग नजिक निम्न चापिय क्षेत्र रहेको छ । 

    images

     मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

    मौसम प्रतिकूल रहेकाले महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाले भनेको छ, ‘देशका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा मेघगर्जन,चट्याङसहित भारी वर्षा को समेत  सम्भावना  रहेको छ। तसर्थ ती प्रदेशहरूमा नदीहरुमा पानीको बहाव बढ्ने, भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

    हालै देशमा आएको बाढी र गएको पहिरोले ३० जनाको ज्यान लिइसकेको छ । तसर्थ सतर्कता जरुरी रहेको पनि महाशाखाले जनाएको छ । 

    काठमाडौं उपत्यकामा बिहानै वर्षा भएको छ । यो क्रम दिनभर हुन सक्ने महाशाखाले जनाएको छ । 

    यस्तो छ पूर्वानुमान–

    सोमबार दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

     देशभर साधारणतया बदली रहनेछ । प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १ र प्रदेश २ कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र वागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    असार २३ गते मंगलबार–
    दिउँसोः देशभर साधारणतया बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र  बागमती प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ का केहि स्थानहरुमा मेघगर्जन, चट्याङ  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

     राति देशभर साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    हाम्रोकुराबाट

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ