शुक्रबार, वैशाख १३ गते २०८२

राजनीति आरजु राणाले भनिन्- सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो

राजनीति आरजु राणाले भनिन्- सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो

अखबार दैनिक
शुक्रबार, वैशाख १३ २०८२
  • राजनीति आरजु राणाले भनिन्- सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र हो

    परराष्ट्रमन्त्री आरजु राणा बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन् । बैंककबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको हल्ला खण्डन गरिन् ।

    images

    सरकार परिवर्तनको हल्लाबारे पत्रकारले सोधेको प्रश्नमा उनले जवाफ दिइन्, ‘तपाईँले नै भन्नुभयो हल्ला भनेर । यो हल्ला मात्रै हो । केही समय सुनसान भयो भने मनोरञ्जनका लागि न्यूजहरु आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन । न्यूज हेरेर हामी आफै छक्क पर्यौँ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ