बुधबार, भदौ ५ गते २०८२

आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

अखबार दैनिक
शुक्रबार, वैशाख १३ २०८२
  • आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेनुसार आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बैठक बस्न लागेको हो ।

    अधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नेछन् र दलीय आधारमा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद गठन सम्बन्धी पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

    बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद सदस्यहरूको मनोनयन गर्ने छन् ।यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति मागी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ