शुक्रबार, मंसिर ७ गते २०८१

निर्वाचन आयोगमा एमाले दर्ता पुरानो माओवादी केन्द्र कायमै

निर्वाचन आयोगमा एमाले दर्ता पुरानो माओवादी केन्द्र कायमै

अखबार दैनिक
मंगलबार, असार १६ २०७७
  • निर्वाचन आयोगमा एमाले दर्ता पुरानो माओवादी केन्द्र कायमै

    १६ असार, काठमाडौं ।निर्वाचन आयोगमा एमाले दर्ता, पुरानो माओवादी केन्द्र कायमै भन्ने बहसले नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला  बैठकमा खैलाबाला भयको छ ।

    images

    एक स्थायी कमिटी सदस्यका अनुसार गौतमले प्रधानमन्त्रीकै निर्देशनमा एमाले ब्युँताउन खोजिएको ठोकुवा गरेका थिए ।

    बैठकमा गौतमको भनाइ थियो, एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ । यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन । अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो । यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो ।

    बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताएका थिए ।

    बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री ओलीले भने दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै आफू नेकपाको अध्यक्ष रहेको बताएका थिए । ‘गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र ? प्रचण्डतिर संकेत गर्दै ओलीले बैठकमा जवाफ दिए ।

    झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ । नेकपा नेताहरूले यसलाई गम्भीर रूपमा लिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार