१६ असार, काठमाडौं । सरकार ! घरबेटीले कोठा भाडा माग्यो , सरकार ! कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ अव ग्रूव मर्ने ? पिडादायी आन्दोलन सहित ट्याक्सि चालक तथा व्यवसायीहरू यतिखेर सडका उत्रिएका हुन ।
लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन ।
ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, घरबेटीले कोठा भाडा माग्यो सरकार, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् । सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको छ ।
सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरिसकेको छ ।
सरकार निर्णय गर्छ तर समग्र देशमा सबैखाले जनताको मनोभावना र दु:ख किन बुझ्दैन गरिव अब मर्ने पनि कसरि हो सरकारले बताईदिन पर्यो भन्दै एक व्यवसायीले आक्रोस समेत पोखे ।