शनिबार, वैशाख ७ गते २०८२

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भरतपुरको छ लेन सडक ओलीले नै उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भरतपुरको छ लेन सडक ओलीले नै उद्घाटन गर्ने

अखबार दैनिक
बिहीबार , वैशाख ५ २०८२
  • प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भरतपुरको छ लेन सडक ओलीले नै उद्घाटन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउने भएका छन । भरतपुरको छ लेन सडक उद्घाटन लगायतका कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली चितवन आउन लागेका हुन । संघीय सरकारको बजेटमा विस्तारको काम सकिएको ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । ओलीले २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए ।

    images

    यसअघि गएको चैत २५ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि प्रधानमन्त्री ओली आउन नभ्याएपछि रोकिएको थियो। सडकको उद्घाटन लगायत चितवन–नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन ओली चितवन आउन लागेको संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाकाको प्रशासकीय भवन उद्घाटन र नेकपा (एमाले) भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गर्नेछन । यस्तै प्रधानमन्त्री ओलीले भोलिनै नारायणगढ-बुटवल सडकखण्डको निरीक्षण समेत गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय यो सडक निर्माणले पनि गति लिन थालेको छ ।

    चितवनको मुख्य बजार नारायणगढदेखि पूर्वतर्फ गोन्द्राङसम्मको ६ किलोमिटर लामो ‘सिक्स लेन’ सडक विस्तारको काम सकिएसँगै भरतपुर-नारायणगढ सडक क्षेत्र चिटिक्क देखिएको छ । सडक विस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रालिले सडक विस्तारको काम गत २८ पुसमा सकिएको जनाएको छ । सगुन कन्स्ट्रक्सनका प्रमुख सहदेव खड्काले सडक विस्तारको काम विभिन्न अवरोधका बाबजुद पनि सम्पन्न भएको बताए । उनले कोभिड महामारी, निर्माण सामग्रीको अभाव, सरकारले बजेट निकासमा गरेको ढिलाइ, खानेपानीको पाइप लाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थल अगाडिका घर टहरा भत्काउन भएको समस्याले गर्दा समयमा नै काम सम्पन्न गर्न समय लागेको बताए ।

    निर्माण कम्पनी सगुनले २८ महिनाभित्र काम सक्ने गरी २६ असोज २०७७ मा ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारसँगै दुवैतर्फ ६ सय सडक बत्ती जडानको काम पनि सकिएको छ । रातको समयमा बत्ती बल्दा सडक झिलिमिली देखिन्छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ