शनिबार, वैशाख ७ गते २०८२

अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो : हमास

अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो : हमास

अखबार दैनिक
बुधबार, वैशाख ४ २०८२
  • अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो : हमास

    गाजामा इजरायलले गरेको आक्रमणपछि अमेरिकी–इजरायली बन्दीलाई नियन्त्रणमा राखिरहेका लडाकुहरूको एक समूहसँग आफ्नो सम्पर्क टुटेको हमासले बताएको छ । २१ वर्षिय सेना एडान अलेक्जान्डर हालैका दिनमा हामसले जारी गरेको एउटा भिडियोमा देखिएका थिए ।

    images

    ४५ दिनको नयाँ युद्धविरामको प्रस्ताव गरेकै दिनमा इजरायलले उनलाई रिहा गर्न माग गरेको थियो । तर हमासले गएको हप्ता यो प्रस्ताव अस्वीकार गर्यो । अलेक्जान्डरसँग सम्पर्क कहिले टुटेको थियो भनेर हमासले मंगलबार खुलाएको थिएन । न त आफ्नो दाबी प्रमाणित गर्ने कुनै प्रमाण नै देखाएको छ ।

    इजरायलले बारम्बार बन्दी राखेको ठानिएको ठाउँमा आक्रमण टार्न खोजेको दाबी गरिरहेको छ । तर आक्रमण भइ नै रहेको छ । आफूहरूले अलेक्जान्डरलाई समातेर राखेको समूहसँगको सम्पर्क गुमाएको अनि उनीसम्म पुग्ने कोशिश भइरहेको हमासका प्रवक्ता आबु अबेइदाले एउटा विज्ञप्तिमा भनेका थिए ।

    २०२३ को आक्रमणमा हमासले २५१ जनालाई बन्धक बनाएको थियो । यीमध्ये ५९ जना अझै पनि हमासकै कब्जामा छन् । यीमध्ये २४ जनाको मृत्यु भइसकेको ठानिएको छ । गाजामा रहेका पाँच जना अमेरिकी नागरिक हुन् । यीमध्ये अलेक्जान्डर एक जना मात्रै जीवित रहेको मानिएको थियो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ