बुधबार, वैशाख ४ गते २०८२

एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी : गगन थापा

एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी : गगन थापा

अखबार दैनिक
मंगलबार, वैशाख ३ २०८२
  • एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी  : गगन थापा

    नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले मगलबार आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस नबिग्रिने दाबी गरेका हुन् ।

    images

    ‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ’, उनले भने, ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । हामी त्यसकै अंग बन्न गएकै होइन ।’

    उनले एमालेसँग सहकार्य गर्दा अपेक्षा गरिएका काम पूरा नभएको बताउँदै असन्तुष्टि पनि व्यक्त गरेका छन् । दुई ठूला पार्टी मिल्दा संविधान संशोधनका साथै जनअपेक्षाका काम गर्न सकिने विश्वास भए पनि त्यो ढिला भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ