सोमबार, भदौ ३१ गते २०८१

कोरानाकै विच नेपाली सेनाले १ हजार बढी सैनिक शान्ति मिसनमा पठाउने

कोरानाकै विच नेपाली सेनाले १ हजार बढी सैनिक शान्ति मिसनमा पठाउने

अखबार दैनिक
शनिबार, असार १३ २०७७
  • कोरानाकै विच नेपाली सेनाले १ हजार बढी सैनिक शान्ति मिसनमा  पठाउने

    १३ असार, काठमाण्डौं । कोरोना कहरकै बीचमा नेपाली सेनाले शान्ति मिसनका लागि सैनिक पठाउने भएको छ।

    images

    कतिपय शान्ति मिसनमा रहेको नेपाली टोली कोरोना भाइरसको महामारीका कारण निर्धारित समय सकेर पनि फर्किन पाएको थिएन। अब भने नेपाली सेनाले स्वास्थ्य परीक्षण गरेर मिसनमा पठाउने तयारी गरेको छ।

    त्यसका लागि पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा १ हजार १ सय २४ सैनिक क्वारेन्टिनमा राखिएको छ।

    शान्ति मिसनमा जाने तयारी भइरहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेब पाण्डेले  बताए।

    'जुलाई १ तारिखमा दक्षिण सुडान, ५ तारिखमा कंगो, ७ तारिखमा माली र १५ तारिखमा लिबिया जाने तयारी भइरहेको छ' उनले भने, 'युएनले जहाजको भाडादर पठाउन भनेको छ। हामीले पनि प्रक्रिया सुरु गरेका छौं। अझै पक्का भइसकेको छैन।'

    मिसनमा जाने सैनिकहरुले ७२ घण्टा अगाडि पिसिआर परीक्षण गरेको हुनुपर्ने भनिएको छ। मिसनका लागि दक्षिण सुडानमा ७ सय,  कंगोमा ५६, मालीमा १ सय ३८ र लिबियामा २ सय ३० सैनिक जाने तयारी छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ