आइतबार, वैशाख ८ गते २०८२

प्रचण्डले भने : नयाँ वर्षमा नयाँ सरकार बन्छ

प्रचण्डले भने : नयाँ वर्षमा नयाँ सरकार बन्छ

अखबार दैनिक
आइतबार, वैशाख १ २०८२
  • प्रचण्डले भने : नयाँ वर्षमा नयाँ सरकार बन्छ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले ‘नयाँ अनुभव’का आधारमा यो कुरा गरेको बताए ।

    images

    नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

    उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ