बलिउडका भाइजान सलमान खानको फिल्म सिकन्दरले दर्शक पाउनै छाडेको छ । इदको अवसर पारेर रिलिज भएको फिल्मले राम्रो कमाइ गर्न सकिरहेको छैन । सलमानको यो फिल्मले ओपनिङ डे देखि नै बक्स अफिसमा निराशाजनक प्रदर्शन गरिरहेको छ ।
पहिलो हप्ता यस फिल्मले मात्रै ९० करोड २५ लाख कमायो । दोस्रो हप्ताको कलेक्सन हेर्दा फिल्म बक्स अफिसलाई ‘बाईबाई’ भन्ने तयारीमा देखिन्छ ।
सिकन्दरले रिलिजको ११ औँ दिनमा बक्स अफिसमा १ करोड ३९ लाख भारु मात्रै कमाएको छ । योसँगै फिल्मको कुल कलेक्सन बल्लतल्ल १०७ करोड १४ लाख भारु पुगेको छ । फिल्मले पहिलो दिन २६ करोड रुपैयाँ कमाएको थियो । तर त्यसपछि यसको कलेक्सनमा निरन्तर ओरालो लागिरह्यो ।
लगातार सलमानको तेस्रो फिल्मलाई दर्शकले गरे ‘रिजेक्ट’
२०० करोडको बजेटमा बनेको यो फिल्मलाई एआर मुरुगादोसले निर्देशन गरेका हुन् । यस फिल्ममा रश्मिका मन्दाना, सत्यराजलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मले मंगलबार १ करोड ५० लाख रुपैयाँ कमाएको थियो । किसी का भाई किसी की जान र टाइगर ३ पछि सलमानको यो फिल्म पनि दर्शकले मन पराएनन् । रासस