आइतबार, वैशाख १ गते २०८२

टी-२०आई : पहिलो खेलमा कतारमाथि नेपालको सहज जित

टी-२०आई : पहिलो खेलमा कतारमाथि नेपालको सहज जित

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • टी-२०आई : पहिलो खेलमा कतारमाथि नेपालको सहज जित

    हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगिताको पहिलो खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले कतारलाई ८ विकेटले हराएको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे।

    images

    आसिफ शेखले ३३ रन बनाउँदा बसिर अहमद ३० रनमा अविजित रहे । कतारका मुजीब उर रेहमानले २ विकेट लिए । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो ।

    यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । नेपालले दोस्रो खेलमा बिहीबार कुवेतसँग खेल्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ