मंगलबार, चैत २६ गते २०८१

कारागारबाट रविको सन्देश: ‘ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ’

कारागारबाट रविको सन्देश: ‘ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ’

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • कारागारबाट रविको सन्देश: ‘ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ’

    काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागार चलान भएपछि आफ्ना समर्थक तथा कार्यकर्तालाई चारवटा विशेष सन्देश पठाएका छन्। कारागारबाट पठाएको सन्देश रविको सचिवालयमार्फत सार्वजनिक गरिएको हो।

    images

    सन्देशमार्फत लामिछानेले अदालतको आदेशलाई सम्मान गर्दै आफू कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने बताएका छन्। साथसाथै, उनले पार्टीभित्र एकता कायम राख्दै ‘अभियान’ लाई जनस्तरमा फैलाउन आग्रह गरेका छन्। लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोध गरिएको भन्दै अब यो जाँच अरूले पनि दिनुपर्ने समय आउने चेतावनी दिएका छन्।  

    उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेका छन् । ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् । उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताएका छन् ।

    ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ लामिछानेले भनेका छन्, ‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ