बिहीबार , वैशाख ५ गते २०८२

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

अखबार दैनिक
सोमबार, चैत २५ २०८१
  • दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

    दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको स्थानीय अग्नि नियन्त्रक कार्यालयले जनाएको छ ।

    images

    त्यस क्षेत्रको आगो भने एक घण्टामै निभाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भयानक वन आगलागी भइरहेको छ ।
    तीव्र हावा र सुक्खा मौसमका कारण धेरै ठाउँमा आगलागीले ठूलो विनाश निम्त्याएको छ । आगलाीमा परेर अहिलेसम्म पाइलटसहित ३१ जनाको ज्यान गएको छ । यो दुर्घटना कोरियाका अग्नि नियन्त्रण अधिकारीहरूका लागि ठूलो धक्का भएको खबरमा उल्लेख छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ