मानसी घोषले सबै फाइनलिस्टहरूलाई पछि पार्दै इन्डियन आइडल सिजन १५ को ट्रफी जितेकी छिन्। उनले ग्रान्ड फिनालेमा आफ्नो उत्कृष्ट प्रदर्शनका साथ आफ्नो जित सुनिश्चित गरेकी हुन् ।
इन्डियन आइडल १५ को फाइनलमा तीन फाइनलिस्ट मानसी घोष, शुभजित चक्रवर्ती र स्नेहा शंकरबिच कडा प्रतिस्पर्धा देखियो। तीनै जनाले आफ्नो गायनले सबैलाई प्रभावित पारेका थिए । तर मानसी अरूभन्दा एक कदम अगाडि थिइन् र कार्यक्रमको विजेताको रूपमा उभिइन्। ट्रफी बाहेक, मानसीले एउटा नयाँ कार र २५ लाख भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरिन्। एजेन्सी