बुधबार, वैशाख २६ गते २०८१

अनिल र एलिनाको रोमान्स लभ पोईन्टमा

अनिल र एलिनाको रोमान्स लभ पोईन्टमा

अखबार दैनिक
मंगलबार, असार ९ २०७७
  • अनिल र एलिनाको रोमान्स लभ पोईन्टमा

    ९ असार, काठमाण्डौं । नेपाली रंग पत्रकारितामा जमेका पत्रकार अनिल गुरुङको आफ्नै लेखन र निर्माणमा बनेको वेभ सिरिज लभ पोईन्टमा उनी प्रमुख भूमिकामा देखिएका हुन् ।

    images

    CF4D2857-E0E0-4DE4-A6EF-D0AB033D7D20.jpeg

    पछिल्लो समयमा कथित तल्लो जाती र माथिल्लो जातीको चर्चा चुलिदै गर्दा उनले निर्माण गरेको यो सिरिजमा अनिल गुरुङले तल्लो जाती बनेर भूमिका निभाएका छन् भने उनको अपोजिटमा नायिका एलिना रायमाझी देखिएकी छिन् । बिपरित शरिर देख्नासाथ नजिकिन खोज्ने युवा पुस्ताको मनोभावलाई केन्द्र बिन्दुमा राखेर निर्माण गरिएको वेभ सिरिजमा युवाहरुले बोल्ने केही भल्गर लाग्न सक्ने शब्द र संकेत पनि जस्ताको त्यस्तै राखिएको छ ।

    C872C58E-F886-4C3B-B1E5-18A10A2825E7.jpeg

    एलिनालाई देखेदेखी नै एकोहोरो बनेका अनिल केही डेटिङ सेट गर्न सफल हुन्छन् । उनीहरु दुई जनाको प्रेम झांगिन थाल्छ तर अनिल बीचमा एउटा मनोदशामा फस्छन् अनि कथाले अर्को मोड लिन पुग्छ । अनिलसँग नजिकिन पुगेकी एलिनाको चित्त के ले दुखाउँछ अनि मन किन बदलिन्छ ? त्यसपछि कथाले कुन मोड लिन्छ र अनिलले आफ्नो लभ पोईन्ट कसरी पहिल्याउछन भन्ने कुरालाई प्रस्तुत गरिएको छ । 

    1007AF69-0D4C-4FB2-8970-A9369576ECDE.jpeg

    नमस्ते अनलाईन टिभीको प्रस्तुति रहेको वेभ सिरिजमा प्रयोग भएका भाषाहरु सहज लाग्दा लाग्दै बाहुनले लगाएको धोती र बिना भाले बास्ने पोथी मन पर्दैन भन्ने शब्दले भने जातीय द्वेश निम्त्याउँन सक्छ ।

    EF7CC06B-D719-4F20-96DE-C118C10A6DB1.jpeg

    यतातिर लेखक समेत रहेका अनिलले ध्यान दिन सकेको देखिदैन । तर यो सिरिज हेर्न थालेपछि अन्त्यसम्म नहेरी मन मान्दैन, सिरिजको प्रमुख सफलता यही हो । सिरिजको निर्देशन आरजे प्रनवले गरेका छन् भने नबिन बाबु गुरुङले खिचेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । भिडियो भित्र बिशाल रायमाझी तथा शायना जि.सी.लगायतको समेत अभिनय रहेको छ ।

    39A018B3-01B6-408B-9001-D5E73BB339AA.jpeg

    CAD3C885-8211-47AC-B67C-6CB69D530917.jpeg

    CAC2D589-1704-446A-AEA1-90343B990885.jpeg
    Dthreeonline बाट 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ