बुधबार, भदौ ५ गते २०८२

दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने

दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने

अखबार दैनिक
मंगलबार, चैत १९ २०८१
  • दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुन केही ढिलाइ भएको छ । संविधानसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनका कारण बैठक बस्न ढिलाइ हुने भएको हो । सभामुख देवराज घिमिरे प्रतिनिधिसभाको बैठक कक्षमा पुगेपछि बोहराको निधनको खबर आएकाले केहीबेर रोकिएको संसद् सचिवालयले जनाएको छ ।

    सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद् केही ढिला सुरु हुने भएको हो । आजको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हो । बैठकमा शोक प्रस्ताव पारित भएपछि अन्त्य गर्ने तयारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ