बिहीबार , असोज ३ गते २०८१

लगातार वर्षा, गम्भीर सावधानी अपनाउन आग्रह

लगातार वर्षा, गम्भीर सावधानी अपनाउन आग्रह

अखबार दैनिक
सोमबार, असार ८ २०७७
  • लगातार वर्षा, गम्भीर सावधानी अपनाउन आग्रह

    ८ असार,काठमाडौं । केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

    images

    यस वर्ष जुन १२ (जेठ ३०) गते नेपालको पूर्वी भू–भाग हुँदै मनसुन भित्रिएको थियो ।     महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै गम्भीर सावधानी अपनाउन आग्रह गरेको हो । 

    केही स्थानहरुमा खोलाले बगाएर मानिसहरुको मृत्यु भएको छ । पहिरोले पुरेर मारेको छ । 

    सफल विपद् व्यवस्थापन नहुँदा अप्ठेरो खेप्नुपरेको हो । महाशाखाले देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २  र प्रदेश १ का  एक(दुई स्थानमा भारी वर्षाको समेत संभावना  रहेको जनाएको छ। 

    जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने तथा ढल – पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    काठमाडौं उपत्यकामा पनि निरन्तर वर्षा भइरहेको छ । केही स्थानहरुमा पानीको राम्रो निकास नभएकाले डुबानसमेत भएको छ । तराईमा पनि डुबान भएको छ । 

    पहाडी क्षेत्रहरुमा सडक अवरुद्ध भएका छन् । यसले गर्दा झन् समस्या भएको छ । 

    संघीयदेखि प्रदेश र स्थानीय सरकारले बजेट सकाउने नाममा अहिले धमाधम सडक निर्माण र मर्मतमा जोड दिइरहेकाले झनै समस्या भएको छ । जताततै सडक खनिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ