मंगलबार, चैत २६ गते २०८१

एसईईलाई लक्षित गरी दुवै समूहले पछि सारे प्रदर्शनको समय

एसईईलाई लक्षित गरी दुवै समूहले पछि सारे प्रदर्शनको समय

अखबार दैनिक
शुक्रबार, चैत १५ २०८१
  • एसईईलाई लक्षित गरी दुवै समूहले पछि सारे प्रदर्शनको समय

    काठमाडौं । गणतन्त्रवादी र राजसंस्थावादी दुवैले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई मध्यनजर गर्दै प्रदर्शनको समय पछि सारेका छन् । आज (शुक्रबार) काठमाडौंमा प्रदर्शनको तयारी गरिरहेका उनीहरूले प्रदर्शन मध्यान्ह १२ बजेदेखि सुरु गर्ने बताएका छन् । यसअघि बिहान ११ बजेका लागि समय तय गरिएको थियो ।

    images

    राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले पहिले ११ बजे तय भएको कार्यक्रम सारिएको जानकारी दिए । भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने तय भएको उनले बताए ।

    यस्तै एसईई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालले मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य लक्ष्मण केसीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ