शनिबार, चैत २३ गते २०८१

पदभार ग्रहण गर्दै नवनियुक्त शाक्यले भने-लोडसेडिङ हुदैन

पदभार ग्रहण गर्दै नवनियुक्त शाक्यले भने-लोडसेडिङ हुदैन

अखबार दैनिक
बुधबार, चैत १३ २०८१
  • पदभार ग्रहण गर्दै नवनियुक्त शाक्यले भने-लोडसेडिङ हुदैन

    चैत्र १३ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । 

    images

    मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसंगै शाक्यले अबदेखि लोडसेडिङ नहुने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको समस्या लोडसेडिङ नभएर रिलायबिलिटी भएको  बताए ।  शाक्यले आफुले सबैलाई साथ लिएर काम गर्ने र आफुले बढीमा दुई सातामा अहिले देखिएका समस्या समाधान गर्ने बताए । 

    उनले डेडीकेटेड लाइन विवादको प्राविधिक समाधान गर्ने बताए । उनले बाहिरबाट हेर्दा राम्रो देखिएपनि भित्र उर्जामा समस्या रहेको समय भएको र यसलाई आफुले सरकारसँग मिलेर समाधान गर्ने बताए । सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई सोमबार प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।   

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ