शनिबार, जेठ ५ गते २०८१

नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

अखबार दैनिक
शनिबार, असार ६ २०७७
  • नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने नेकपाको निर्णय

    ६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ ।

    images

    शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।

    विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर अरु नेता सहमत भएनन् ।

    नेकपा एक नेताकाअनुसार विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको छ ।

    नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिए । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनायो ।

    साथै प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुसँग सहमति गर्ने बताएपछि गृहमन्त्री रामबहादुर थापा (बादल)ले ५ दिन समय मागेका थिए । त्यसपछि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । शुक्रबार राज्य व्यवस्था समितिमा रहेका पार्टी सांसदहरुसँग छलफल गरेपछि सचिवालयको बैठक बोलाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार