काठमाडौं । युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको शीर्षस्थानमा ‘पान बुट्टे रुमाल’ रहेको छ । एक साताअगाडि रिलिज भएको गीत अहिले युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा छ । समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा राजनराज शिवकोटीको शब्द तथा संगीत छ ।
शान थापाको निर्देशन रहेको गीतको भिडियोमा समीक्षा स्वयंले अभिनय गरेकी छन् । समीक्षाको अपोजिटमा अनुभव रेग्मी छन् ।