शनिबार, जेठ ५ गते २०८१

भारत र चीनबीच लद्दाखमा भएको झडपले भारतविरुद्ध त्रिदेशीय सैन्य गठबन्धनको चर्चाबीच नेकपाका १०० बढी नेताहरु चिनियाँ पार्टीसंग छलफलमा

भारत र चीनबीच लद्दाखमा भएको झडपले भारतविरुद्ध त्रिदेशीय सैन्य गठबन्धनको चर्चाबीच नेकपाका १०० बढी नेताहरु चिनियाँ पार्टीसंग छलफलमा

अखबार दैनिक
शुक्रबार, असार ५ २०७७
  • भारत र चीनबीच लद्दाखमा भएको झडपले भारतविरुद्ध त्रिदेशीय सैन्य गठबन्धनको चर्चाबीच नेकपाका १०० बढी नेताहरु चिनियाँ पार्टीसंग छलफलमा

    ५ असार ,काठमाडौं । नेपालका दुई छिमेकी मुलुक भारत र चीनबीच लद्दाखमा भएको झडपले टकरावको अवस्थामा रहिरहेका बेलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भने चीनतिर ढल्किएको देखिएको छ । 

    images

    नेपाल भारत सीमामा समेत अप्ठेरो अवस्था सिर्जना भइरहेका बेलामा नेपाल र चीनका सत्तारुढ दलका नेताहरुबीच शुक्रबार छलफल हुँदैछ । 

    शुक्रबार दुई देशका सत्तारुढ दलबीच भर्चुअल बैठक हुन लागेको हो । पार्टी र देशलाई सत्ता परिचालन गर्ने अनुभव आदान प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच गोष्ठी हुन लागेको बताइएको छ । 

    कोरोना भाइरसको महामारीका बेलामा अनुभव आदान प्रदान गर्ने बहाना बनाइए पनि विकसित राजनीतिक घटना क्रमले यो छलफललाई दक्षिण एसियाली क्षेत्रमा विकसित राजनीतिक घटनाक्रमसँग जोडेर समेत हेर्न थालिएको छ । 

    यस अर्थमा पनि चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग र नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कुल विभागको संयुक्त आयोजनामा यो गोष्ठी हुन लागेको हो । 

    खासगरी चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भारतले चीन, नेपाल र पाकिस्तानी सीमामा तनाव बढाइरहेका बेलामा तीन वटै मोर्चामा सैन्य कार्वाही हुने बताइरहँदा नेपालका सत्तारुढ दल नेकपाका १०० भन्दा बढी नेताहरु छलफलमा जुट्नुलाई संयोगमात्र मान्न नसकिने स्वयं नेकपाका नेताहरु बताउँछन् । 

    क्षेत्रिय राजनीति समन्वयतर्फभन्दा ध्रुबीकरणतर्फ बढिरहेका बेला यो बैठक कोभिड १९ को महामारीमा मात्रै केन्द्रीत हुने नभई क्षेत्रिय तनावको विषयमा समेत केन्द्रीत हुने स्कुल विभागका एक सदस्यले बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार