आइतबार, चैत २४ गते २०८१

नागरिकता ऐन संशोधन विधेयक : आजै नयाँ संशोधन विधेयक पारित गर्ने

नागरिकता ऐन संशोधन विधेयक : आजै नयाँ संशोधन विधेयक पारित गर्ने

अखबार दैनिक
बुधबार, चैत ६ २०८१
  • नागरिकता ऐन संशोधन विधेयक : आजै नयाँ संशोधन विधेयक पारित गर्ने

    काठमाडौँ । सरकारले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई फास्ट ट्रयाकमा अगाडि बढाएको छ । विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा नगरेर सदनबाटै पारित गर्ने तयारी छ । यससम्बन्धी कार्यसूची बुधबारका लागि तय भएको छ ।

    images

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

    यो विधेयकमाथि प्राप्त संशोधनहरुलाई आजै सभामा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि गृहमन्त्री लेखकले नागरिकता ऐन संशोधन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको हो ।

    संसदमा विधेयक दर्ता भएपछि पारित गर्ने मुख्यतः दुईटा विधि हुन्छन् । पहिलो सभामा मात्रै छलफल गरेर पारित गर्ने र दोस्रो सभाले समितिमा पठाउने अनि समितिको प्रतिवेदन अनुसार पारित गर्ने हो । पहिलो विधिलाई फास्ट ट्रयाक विधिको रुपमा लिइन्छ । दोस्रो विधि अन्तर्गत संसदीय विषयगत समितिमा पठाएको खण्डमा सैद्धान्तिक छलफलदेखि सरोकारवालाहरूसँग समेत छलफल हुन्छ ।

    नागरिकता ऐन संशोधन विधेयक सरकारले १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाबाट पारित गर्ने तयारी छ । यसका अलावा प्रतिनिधि सभामा बुधबार गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछदन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ