शनिबार, जेठ ५ गते २०८१

प्रधानमन्त्री केपी शर्मा वलीले अहंकारी हठ त्याग्न पर्यो नेपाल भारत सिमा बिवादमा सहजिकरण गर्न तयार छु : डा. बाबुराम भट्टराई

प्रधानमन्त्री केपी शर्मा वलीले अहंकारी हठ त्याग्न पर्यो नेपाल भारत सिमा बिवादमा सहजिकरण गर्न तयार छु : डा. बाबुराम भट्टराई

अखबार दैनिक
शुक्रबार, असार ५ २०७७
  • प्रधानमन्त्री केपी शर्मा वलीले  अहंकारी हठ त्याग्न पर्यो नेपाल भारत सिमा बिवादमा सहजिकरण गर्न तयार छु : डा. बाबुराम भट्टराई

    ५ असार, काठमाण्डौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विद्यमान नेपाल भारतको सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार रहेको बताएका छन् । सोमबार बिहान गृहजिल्ला गोरखाका पत्रकारसँगको भेटमा भट्टराईले भारतीय राजनीतिक नेतासँग यस विषयमा छलफल भइरहेकाले सहजीकरण गर्न आफू तत्पर रहेको बताए ।

    images

    ‘भारतका अहिलेका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सितारमन संयोगले जेएनयूकै सहपाठी हुनुहुन्छ । त्यसले गर्दा पनि एउटा भावनात्मक सम्बन्ध छ । त्यस हिसाबले पनि उहाँहरुले बेलाबेला सम्पर्क गर्नुहुन्छ । वार्ताका लागि वातावरण बनाउनुस् भन्नुहुन्छ’, उनले भने, ‘त्यस हिसाबले आवश्यक पर्दा वार्ताका लागि वातावरण बनाउन सकिन्छ ।

    त्यसका लागि मुख्यतः प्रधानमन्त्री केपी शर्मा वलीको जुन अहंकारी प्रवृत्ति छ, त्यो उहाँले परित्याग गर्नुपर्छ । वार्ताको नेतृत्व त सरकारले गर्नुपर्छ । सहजीकरण गर्न र सहयोगी भूमिका निर्वाह गर्न म तयार छु ।’

    खोसिएको भूमि प्राप्त गर्न फौजी ढंगले अघि बढ्नु अहिले असान्दर्भिक हुने भन्दै उनले वार्ता र संवादकै माध्यमबाट पहल गर्नुपर्नेमा उनले जोड दिए ।
    ‘कालापानी क्षेत्रको विषयमा जुन विवाद भइरहेको छ, त्यो भूमि त हाम्रै हो, कसैले खोसेर लान त सक्दैन’, उनले भने, ‘त्यसमा भोग अधिकार स्थापित गर्नका लागि फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई निष्काशित गर्नु एउटा बाटो हुन्छ । यो नेपालको सन्दर्भमा अहिले वुद्धिमानी र व्यवहारिक हुँदैन । अहिलेको विश्वमा यो उपयुक्त पनि हुँदैन । दोस्रो बाटो भनेको अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कुटनीतिक वार्तामार्फत यो समाधान गर्ने हो ।’ त्यसका लागि प्रधानमन्त्री ओलीले आफ्नो क्षमता र कौशलता प्रदर्शन गर्नुपर्ने उनले तर्क गरे ।

    वार्ताको पहल नगरी गरिएका वक्तव्यवाजीले प्रधानमन्त्रीले राष्ट्रियताको खोल मात्र ओढेको पुष्टि हुने टिप्पणी गरे । ‘यदि प्रधानमन्त्रीले यथासीघ्र वार्ता र संवाद गरी समस्या समाधान गर्न नसके राष्ट्रियताको आवरण मात्र ओढ्नु भएको हो कि भन्ने जनताले गरेको आशंका सत्य पुष्टि हुनेछ’, उनले भने, ‘मेरो व्यक्तिगत धारणा त अझ सीमा सम्बन्धी, पारावहनसम्बन्धी, अर्थ वाणिज्य सम्बन्धी विषय, विभिन्न सन्धी सम्झौता एकमुष्ट ढंगले हल गर्नका लागि प्रवुद्ध समूहबाटै सम्भव छ भन्ने हो । नेपाल र भारतका जनताको बीचमा कहिलै पनि दुश्मनी छैन । खालि सत्ता र सरकार बीचमा मात्र खटपट भएको हो । त्यसैले सकभर इपिजीमार्फत नै हल गर्नुपर्छ ।’

    तर प्रधानमन्त्री ओली आफू पनि नजान्ने, अरुले भनेको पनि नमान्ने भएका कारण समस्या जड भएर रहेको उनले बताए । ‘दुखका साथ भन्नुपर्छ, हाम्रा प्रधानमन्त्री कसैको पनि सुझाव सुन्नुहुन्न । अल्पज्ञान र अहंकारको समिश्रण उहाँमा छ त्यसले आफू पनि सच्चिनुहुन्न, राष्ट्रिय, अन्तर्राष्ट्रिय वातावरण पनि बिगारिरहनु भएको छ’, भट्टराईले भने, ‘यो विषय सम्वेदनशील छ है, समयमै समाधानको पहल गर्नुपर्छ है भनिरहँदा हाम्रा प्रधानमन्त्री संवेदनशील हुनुहुन्न । उहाँको अज्ञाता र अहंकारले गर्दा मुलुकमा यो स्थिति आएको हो ।’ वार्ता र सम्वाद नै यसको समाधान भएको उनले दोहोर्‍याए ।

    महाकाली सन्धीका बेला केपी शर्मा ओली चुकिसकेका हुँदा त्यसप्रति क्षमा याचनासहित समस्या समाधानका लागि पहल गर्नुपर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार