शुक्रबार, चैत १ गते २०८१

पाकिस्तानमा पनि एउटा पाङ्ग्राविनै जहाज अवतरण !

पाकिस्तानमा पनि एउटा पाङ्ग्राविनै जहाज अवतरण !

अखबार दैनिक
शुक्रबार, चैत १ २०८१
  • पाकिस्तानमा पनि एउटा पाङ्ग्राविनै जहाज अवतरण !

    केही दिनअघि नेपालमा पांग्राविनै बुद्ध एयरको जहाज उडेको खबर सेलाउन नपाउँदै पाकिस्तानको यस्तै घटना सार्वजनिक भएको छ । गल्फन्यूजका अनुसार विहीबार पीके ३०६ कल साइनको जहाज पछाडिको एउटा पांग्राविनै पाकिस्तानको लाहोर एयरपोर्टमा अवतरण भएको हो । पाकिस्तानकै कराँची विमानस्थलबाट उडेको थियो त्यो जहाज ।

    images

    एक पांग्रा रहस्यमय रूपमा गायव भएको समाचारमा जनाइएको छ । विमान उड्दा पांग्रा भएता पनि केहीमा ठोक्किएर झरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    नेपाली वायुसेवा कम्पनी सन् २०१३ डिसेम्बर ५ देखि यूरोपेली संघको आकाशमा प्रतिबन्धित छन् । तर, सन् २०२० मा प्रतिबन्धमा परेको पाकिस्तान एअरलाइन्सको उडान भने गत नोभेम्बरबाट सकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ