काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ४ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।