काठमाडौं । महिला टी–२० आई क्रिकेट शृंखलामा नेपाल नामिबियासंग पराजित भएको छ । बुधबार युगाण्डामा भएको खेलमा नेपाललाई २३ रनले हराउँदै नामिबियाले जित निकालेको हो । १२६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो ।
यो हारसंगै नेपाल नामिबियासँग दोस्रो पटक पराजित भएको हो । नेपालका लागि साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन् भने कविता जोशीले अविजित रहँदै १७ रन जोडिन् । त्यस्तै कप्तान इन्दू बर्मा र पूजा महतोले समान १५–१५ रन बनाए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।
नामिबियाको लागि यसमीन खानले ४५ रन बनाउँदा अरस्ता डिएरगार्टले १६ र विल्का एम्वाटिलले २० रन बनाइन् । नेपालको लागि इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए ।