आइतबार, जेठ ६ गते २०८२

कांग्रेस नेताले चिहानको जग्गा कब्जा गरेको आरोप

कांग्रेस नेताले चिहानको जग्गा कब्जा गरेको आरोप

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • कांग्रेस नेताले चिहानको जग्गा कब्जा गरेको आरोप

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले कांग्रेस नेताले चिहानको जग्गा कब्जा गरेको आरोप लगाएका छन् ।शून्य समयमा बोल्दै काठमाडौंको तारकेश्वरमा चिहानको जग्गा नेताको कब्जामा रहेको भन्दै खनालले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    images

    खनालले भने, ‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा रहेको जग्गा, नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६२ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयहरूको गुनासो र उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ’ खनालले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ