बुधबार, फागुन २८ गते २०८१

मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित

मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित

    काठमाडौं । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    images

    संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए । उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे ।

    त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् । संसद बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एकजना पनि मन्त्री उपस्थित नभए संसद बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ