पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको छ । बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बसका यात्रुहरु सकुशल छन् भने स्कुटर चालक घाइते छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
