शुक्रबार, चैत १ गते २०८१

विश्वको सबैभन्दा प्रदूषित देशको सूचीमा नेपाल सातौँ स्थानमा

विश्वको सबैभन्दा प्रदूषित देशको सूचीमा नेपाल सातौँ स्थानमा

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • विश्वको सबैभन्दा प्रदूषित देशको सूचीमा नेपाल सातौँ स्थानमा

    स्विट्जरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरले मंगलबार ‘विश्व वायु गुणस्तर रिपोर्ट २०२४’ सार्वजनिक गर्दै विश्वको अधिकांश जनसंख्या प्रदूषित हावामा सास फेर्दै आएको निष्कर्ष निकालेको छ । १३८ देशका ४० हजार वायु गुणस्तर निगरानी स्टेशनहरूबाट संकलित डाटाको आधारमा तयार पारिएको रिपोर्टअनुसार चाड, बंगलादेश, पाकिस्तान, कंगो र भारत विश्वका पाँच सबैभन्दा बढी प्रदूषित देशहरु हुन् ।

    images

    रिपोर्टमा नेपाललाई विश्वको सातौं सबैभन्दा प्रदूषित देशको रूपमा सूचीकृत गरिएको छ । नेपालमा विश्व स्वास्थ्य संगठनले तोकेको वार्षिक औसत मापदण्डभन्दा ८.६ गुणा बढी प्रदूषित हावा रहेको रिपोर्टमा उल्लेख छ । आज मात्रै पनि नेपाल विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ ।

    रिपोर्टअनुसार, विश्वभरका सबैभन्दा बढी प्रदूषित २० शहरहरूमध्ये १३ शहर भारतका रहेका छन् । भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने बर्नीहाट नामक सानो औद्योगिक नगरलाई विश्वकै सबैभन्दा बढी प्रदूषित महानगरीय क्षेत्रको रूपमा चिनाइएको छ । त्यस्तै, दिल्ली निरन्तर विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ ।

    नेपालमा वायु प्रदूषणका मुख्य कारण र नियन्त्र्णका उपाय
    धुलो र निर्माण कार्यहरूः काठमाडौं उपत्यकामा सडक विस्तार र निर्माण कार्यहरूका कारण धुलोको मात्रा बढेको छ।

    वाहनहरूको धुँवा : पुराना र मर्मत नगरेका सवारीसाधनहरूबाट निस्कने धुँवाले वायु प्रदूषणमा योगदान पुर्‍याउँछ।

    औद्योगिक गतिविधिहरू : निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूबाट निस्कने प्रदूषकहरूले वायु गुणस्तरमा नकारात्मक असर पार्छ।

    उच्च वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोगहरू, हृदय रोग, फोक्सोको क्यान्सर र अन्य स्वास्थ्य समस्याहरूको जोखिम बढ्छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू बढी प्रभावित हुन सक्छन्। त्यसैले यसलाई

    नियन्त्रणका निम्न उपाय अपनाउन सकिन्छ
    सवारीसाधनहरूको मर्मत र नियमनः पुराना सवारीसाधनहरूको मर्मत तथा उत्सर्जन मापदण्ड कडाईका साथ लागू गर्नु आवश्यक छ।

    हरियाली प्रवर्द्धन : शहर क्षेत्रमा वृक्षारोपण र हरियाली क्षेत्रहरूको संरक्षणले वायु प्रदूषण कम गर्न मद्दत गर्छ।

    जनचेतना कार्यक्रमहरू : वायु प्रदूषणका असरबारे जनचेतना फैलाउन शिक्षा र सूचना कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ।

    कानुन कार्यान्वयन : प्रदूषण नियन्त्रण सम्बन्धी कानुन भए पनि तिनको कार्यान्वयन पक्ष फितलो भएकाले त्यसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ