रोल्पा । प्रदेश नम्बर ५ अन्तर्गत पर्ने रोल्पा जिल्लामा अवस्थित गुरूङ गाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । चिटिक्क परेका परम्परागत ढुंगा र माटाका घरहरुले गुरूङ बस्ती आफैँमा अझ सुन्दर देखिन्छन् ।
गुरूङ जातिको बाहुल्य रहेको यस गाउँको मुख्य पेशा कृषि तथा पशुपालन हो भने अधिकांश युवाहरु वैदेशिक रोजगारका लागि विदेश गएका छन् । रोल्पालाई सशस्त्र जनयुद्धको उद्गमस्थलको रुपमा समेत चिनिन्छ ।