बुधबार, फागुन २८ गते २०८१

एक्सले काम नगरेपछि यसो भन्छन् मस्क

एक्सले काम नगरेपछि यसो भन्छन् मस्क

अखबार दैनिक
मंगलबार, फागुन २७ २०८१
  • एक्सले काम नगरेपछि यसो भन्छन् मस्क

    माइक्रो बलगिङ वेबसाइट एक्समा सोमबार समस्या देखिएको थियो । यसैबिच एक्सका मालिक तथा खर्बपति अमेरिकी व्यापारी एलन मस्कले एक्समाथि ठुलो साइबर आक्रमण भएको बताएका छन् ।

    images

    अमेरिका र बेलायत लगायत विश्वका धेरै भागहरूमा सेवा बन्द भएको गुनासो आएपछि, मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने भनेका छन् । ‘हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो,’ एक्समा एउटा पोष्टमा मस्कले भने ।

    यस काममा कि त ठुलो समूह वा कि देश संलग्न भएको उनले बताए । प्लेटफर्म आउटेज मनिटर डाउनडिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याहरूको बारेमा अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौँ गुनासोहरू प्राप्त भएको बताएपछि मस्कको यो बयान आएको हो ।

    सोमबारको आउटेजको समयमा एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा एक्समा लोडिङ आइकन मात्रै देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ