रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अर्को तारिख आगामी वैशाख २३ लाई दिएको छ । उनको सचिवालयले बैशाख २३ गतेका लागि अर्को तारेखको मिति तय भएको जानकारी दिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उनीविरुद्धको जिल्ला अदालतमा पहिलोपटक बुझ्न सोमबार उनी यहाँ आएका थिए । अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले सोमबार रवि लामिछानेको तारिख परेको र सोही तारिख बुझ्न अदालतमा आज उपस्थित भएको जानकारी दिएका छन् ।