शुक्रबार, चैत १ गते २०८१

पूर्वराजाको स्वागतका क्रममा जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले लगायो राप्रपालाई एक लाख जरिवाना

पूर्वराजाको स्वागतका क्रममा जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले लगायो राप्रपालाई एक लाख जरिवाना

अखबार दैनिक
सोमबार, फागुन २६ २०८१
  • पूर्वराजाको स्वागतका क्रममा जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले लगायो राप्रपालाई एक लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना लगाएको छ । आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगर क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना लगाएको हो । 

    images

    वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

    1741568296-GLZsv.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ